एजेन्सी । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन्। डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्डसले जनाएको छ।
मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन्।
उनको दायाँ हातको बूढी औंला ४ फिट ६ दशमलब ७ इन्च लामो छ। बूढी औँलाको नङभन्दा सबैभन्दा लामो छ। उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation