८ कार्तिक २०८३, शनिबार

जर्मन राजदूतद्वारा पुरानो बानेश्‍वरमा वृक्षारोपण र माट्रिका आई सेन्टर निरीक्षण

  • १७ साउन २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपालका लागि जर्मन राजदूत डा. थमस प्रिन्जले वृक्षारोपण र माट्रिका आई सेन्टरलगायतका क्षेत्रमा निरीक्षण गरेका छन्। काठमाडौंको पुरानो बानेश्वर र मैतिदेवी सडक किनारामा प्रतिष्ठित ३ संस्थाको अगुवाइमा मंगलबार वृक्षारोपण गरिएको हो। राजदूत थमसले माट्रीका आई सेन्टरको निरीक्षण गरेर त्यहाँ रहेको सेवा सुविधा र उपकरणहरु बारे जानकारी लिएका थिए। 

माट्रिका आई सेन्टर, नेपालमेड र साइनिङ नेपाल फाउण्डेसनको अगुवाईमा काठमाडौं महानगरपालिकाको वडा नं ९ र १० क्षेत्रका पुरानो बानेश्वर, मैतिदेवी लगायतका सडक किनारामा वृक्षारोपण गरिएको हो।

वृक्षारोपण कार्यक्रममा राजदूत डा. थमस प्रिन्जलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। अतिथिहरुमा डा. आर्ने द्रेभ्ज, सिल्के द्रेभ्ज, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेपाली कांग्रेस युवा नेता  केन्द्रीय सदस्य रामहरि खत्रीवडा, काठमाडौं महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारी, १० नम्बर वडाका अध्यक्ष रामकुमार केसीलगायतको सहभागीता रहेको थियो। 

उक्त वृक्षारोपणमा अन्य स्थानीय जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो। वृक्षारोपणपछि आयोजित कार्यक्रममा नेपालका लागि जर्मन राजदूत प्रिन्जले वृक्षारोपण कार्यक्रममा आफू सहभागी हुन पाउँदा असाध्यै खुसी लागेको बताएका थिए।


प्रतिक्रिया

सम्बन्धित खवर