काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल आर्मी,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीलाई आपतकालीन प्रतिकार्य तालिम उपकरण हस्तान्तरण गरेको छ। मंगलबार एक कार्यक्रमकाबीच उपकरण हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ।
उक्त उपकरणहरू अमेरिकी सहायता नियोग युएसआइडीले उपलब्ध गराएको हो। जसमा फायर स्वाइटर ८० थान, जम्प सूट १००, फायर बुट १००, पन्जा, हेलमेट, हेड टर्च, फेस मास्क लगायतका सामाग्री रहेका छन् ।
यी सामाग्रीहरु बाँके नेशनल पार्क, सुपारीटार आर्मी ब्यारेक, रानी सामुदायिक बन उपभोक्ता समूह, तनहुँ जिल्ला बन कार्यालय, बृहत जलाधार व्यवस्थापन केन्द्र, कास्कीलाई उपलब्ध गराइने प्राधिकरणले जानकारी दिएको छ ।


© Lok Kalam . Designed and Developed by Goldenmud Creation