९ कार्तिक २०८३, आइतबार

भरतपुरमा माइक्रो दुर्घटना, १८ जना घाइते

  • १६ साउन २०७९, सोमबार
Image

भरतपुर- चितवनको भरतपुर महानगरपालिका-२९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।सोमबार दिउँसो ४ बजे नारायणगढ-मुग्लिङ सडकखण्डमा धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको माइक्रो बस अनियन्त्रित भएर सडकबाट २५ मिटर तल खस्दा चालकसहित १८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारको लागि भरतपुरको चितवन मेडिकल कलेजमा पठाइएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको चितवन प्रहरीले जनाएको छ।

उक्त माइक्रोमा अधिकांश  मुक्तिनाथ विकास बैंक धादिङमा कार्यरत कर्मचारी रहेको बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर