९ कार्तिक २०८३, आइतबार

सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

  • २१ चैत २०७८, सोमबार
Image

काठमाडौं- सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको हो।

मालवाहक सवारीको पनि भाडा बढेको छ। पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो। संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए। यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो। 

" target="_blank">

प्रतिक्रिया

सम्बन्धित खवर