९ कार्तिक २०८३, आइतबार

प्रहरीले छानबिन समितिलाई बुझायो सीसीटीभीको 'फरेन्सिक रिपोर्ट'

  • ९ साउन २०७९, सोमबार
Image

काठमाडौं- बजेट निर्माण गर्दा १४ जेठ राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा सिसिटीभी फुटेज अध्ययन गरेको प्रहरीको फरेन्सिक ल्याबले संसदीय विशेष समितिलाई प्रतिवेदन बुझाएको छ।

४ साउनमा डिलिट भएको भनिएको सिसिटीभी फुटेज रिकभरका लागि प्रहरीको फरेन्सिक ल्यावमा पठाइएको थियो। ल्याबबाट सोमबार (९ साउन) मा संसदीय विशेष समितिलाई रिपोर्ट प्राप्त भएको एक सदस्यले जानकारी दिए।

‘हामीलाई फरेन्सिक ल्याबको रिपोर्ट प्राप्त भएको छ’, ती सदस्यले भने, ‘भोलि (१० साउन) बिहान बस्ने समिति बैठकमा सो प्रतिवेदन खोल्छौँ।’

सीमित व्यापारीलाई फाइदा पुग्ने गरी कर दर निर्धारण गरेको आरोप तत्कालीन अर्थमन्त्री जर्नादन शर्मामाथि लागेपछि प्रतिनिधिसभाले छानबिनका विशेष समिति गठन गरेको हो।

असार २२ मा गठन भएको समितिले २८ गते काम सुरु गरेको थियो। समितिले १२ गतेभित्र छानबिन गरेर संसद्लाई प्रतिवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर