काठमाडौं- लेदो माटोसहितको पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज इच्छाकामना गाउँपालिका-६ कालिखोलामा बिहान ९ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation