काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टीबाट बाहिरिए पनि बाबुराम भट्टराई गठबन्धनबाट अलग नभएको बताएका छन्।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा मंगलबार प्रचण्ड र बाबुरामको भेट भएको थियो। भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘बाबुरामजी जसपाबाट बाहिरिनुभएको हो सत्ता गठबन्धनमा उहाँ अझै हुनुहुन्छ।’
प्रचण्ड-बाबुरामबीच सिंहदरबारमा करिब एक घण्टा छलफल भएको थियो। छलफलमा माओवादी विचारधारका शक्तिबीच पुन: एकीकरण विषयमा पनि कुराकानी भएको प्रचण्डको भनाई छ।
जसपाका पूर्व नेता भट्टराईलाई वीरगन्ज बसेको केन्द्रीय समिति बैठकमार्फत उपेन्द्र यादव समूहले निष्कासन गरेको थियो। त्यसपछि उनी फेरि नयाँ राजनीतिक दल खोल्ने अभियानमा अघि बढेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation