काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बताइन् ।
मन्त्रिपरिषद्ले एक महिनाअघि अध्यक्ष अधिकारीलाई स्पष्टिकरण सोधेको थियो। उनलाई बर्खास्त गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २२ बुँदे आरोपपत्रसहित मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो।
पर्यटनमन्त्री प्रेम आले आएपछि उनले तत्कालिन अध्यक्ष डिमप्रसाद पौडेललाई हटाएर कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेका थिए। पछि अधिकारीको कामप्रति असन्तुष्ट हुँदै आलेले नै उनलाई हटाएर निगमकै पाइलट दीपु ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका थिए।
अधिकारी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्च अदालतले त्यसबेला छानबिन समिति गठन भएको र छानबिन भइहेका बेला निलम्बन गर्न नहुने भन्दै उक्त निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन जारी गरेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation