८ कार्तिक २०८३, शनिबार

महाकाली नदीको बाँध खोलियो, सतर्क रहन आग्रह

  • ३१ असार २०७९, शुक्रबार
Image

महाकाली नदीको बाँध खोलियो, सतर्क रहन आग्रह

कञ्‍चनपुर- दार्चुला जिल्ला प्रशासन कार्यलयले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

धारचुलाको गैरीगंगा जलविद्युत परियोजनाको साइटमा आज शुक्रबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सिल्ट फ्लसिङको कार्य हुने र त्यसका लागि बाँधको ढोका खोलिने भएको हो।

जसले गर्दा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई दार्चुला प्रशासनले सचेत गराएको हो। 


  

प्रतिक्रिया

सम्बन्धित खवर