८ कार्तिक २०८३, शनिबार

भाइ रवि लामिछानेको पार्टीमा आजीवन संलग्न नहुने हरिशरणको घोषणा

  • ७ असार २०७९, मङ्गलबार
Image

काठमाडौं- हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरेका छन्। रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले हरिशरणले आफू आजीवन रविको पार्टीमा नरहने घोषणासमेत गरेका छन्।

मंगलबार राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी रविले घोषणा गरेको नयाँ पार्टीले परिवारवाद निषेध गर्ने बताइएपछि हरिशरणले सो घोषणा गरेका हुन्। 

सामाजिक सञ्जालमा उनले भनेका छन्, 'कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसँग भिडाइ नाता "अप्रमाणित" भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला। पछि आपसी माया प्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है।'

उनले लामिछाने बन्धुहरुलाई सरसल्लाह गर्नसमेत सुझाव दिएका छन्। रविले दर्ता गरेको पार्टीका कुनै पनि गतिविधीमा आफू परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने कुरै नभएको हरिशरणले बताएका छन्।

'राजनीतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु। स्वतन्त्र र दलगत राजनीतिका लागि मसँग अपार अवसर र सम्भावना छन्। बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन।' उनले स्वतन्त्र हुनका लागि स्वतन्त्र पार्टी किन चाहियो भन्दै प्रश्न गरेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर