काठमाडौँ । चतुरमाला युवा समाजको अध्यक्षतामा केशव प्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
होटेल एटिक एम्पायरमा बसेको संयुक्त बैठकबाट न्यौपानेको अध्यक्षतामा २४ कार्यदल समिति निमार्ण भएको थियो ।
चतुरमाला युवा समाज एक विशुद्ध रूपमा समाज कल्याणकारी विस्तार गर्ने सङ्घटन हो । चतुरमाला युवा समाजको मुख्य उद्देश्य विपद्को समयमा पीडितको अवस्था अनुरूप सहयोग गर्ने, प्रति वर्ष ३०० वोट वृक्षारोपण गर्ने, वार्षिक रूपमा एकपटक रक्तदान गर्ने, स्मारिका प्रकाशन गर्ने, साथै प्राथमिक उपचार बाकस प्रत्येक १० घरको बिचमा १ बाकस राख्ने कार्यक्रम रहेको अध्यक्ष न्यौपानेले बताए ।
अध्यक्षमा केशव प्रसाद न्यौपाने, उपाध्यक्षमा रामचन्द्र तिम्सिना, सचिवमा जीवन प्याकुरेल, कोषाध्यक्षमा गोकर्ण पौडेल सहित २४ जनाको कार्यसमिति गठन भए सङ्गै यसै कार्यसमितिलाई संस्था दर्ता प्रक्रिया अगाडि बनाउने जिम्मेवारी दिने निर्णय सो बैङ्ठकबाट पारित भएको थियो ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation