काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्यालाई यथाशिघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। गैरआवासीय नेपाली संघले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।
‘तपाईँहरुले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आउनुभएको छ। यस विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गरिने कुरा मा आश्वस्त पार्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।
सम्बोधनका क्रममा उनले प्रवासी नेपालीहरूलाई आफूसँग भएको सीप र पूँजी नेपालको विकासमा लगाउन आव्हान गरेका थिए। ‘तपाईँहरूले विदेशमा थुप्रै विकास देख्नुभएको छ । आउनोस् हातेमालो गरौँ, नेपाललाई हाम्रो जीवनमा एउटा सभ्य विकसित मुलुक बनाई छोडौँ,’ प्रधानमन्त्री देउवाले भने ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation