लोक कलम सम्वाददाता,
काठमाडौं, २ असार ।
अर्थमन्त्री जनार्दन शर्माले करको दरमा राष्ट्रघात र गद्दारी भएमा जिम्मा लिन तयार भएको बताएका छन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश पाएको आरोप लागेपछि प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘बजेट सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर बनाएका हौँ। दररेटप्रति म पूर्ण जिम्मेवार र जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छैन, कतै गद्दारी भएको छैन।’
बजेटमा विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकअन्तर्गत संसद्मा छलफल जारी छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation