लोक कलम सम्वाददाता,
काठमाडौँ, २९ जेठ ।
नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन, रिजनल क्वालिफाइड इभन्ट साउथ एसिया २०२२ हुने भएको छ । संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने प्रतियोगिता जुन १३ देखि १७ तारिखसम्म सातदोवाटो स्थित टेनिस कम्प्लेक्समा हुने जानकारी गराएको हो ।
प्रतियोगीतामा प्रत्येक राष्ट्रका ६ खेलाडीको सहभागिता रहने छ जसमा३–३ ब्वाईज÷गल्र्सले प्रत्येक राष्ट्रबाट प्रतिष्पर्धा गर्ने छन् भने टिम स्पर्धामा मात्र प्रतिष्पर्धा हुने संघका महासचिव मनोहरदास मुलले जानकारी दिनुभयो । टिममा स्पर्धामा २ सिंग्ल्स र १ डबल्स विधामा खेल हुने छ । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीको छनोट जेठ ७ देखि १० गतेसम्म सम्पन्न भै सकेको उनले बताए । नेपालबाट ब्वाईजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा र गल्र्समा शिभाली गुरुङ्ग, प्राज्ना मानन्धर र कर्मिस्ठा नुगाह श्रेष्ठले प्रतियोगितामा सहभागी जनाउने संघले जनाएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation