९ कार्तिक २०८३, आइतबार

पहिरोले अवरुद्ध नागरणगढ-मुग्लिन सडक सञ्‍चालनमा, यात्रुलाई राहत

  • ८ असोज २०७९, शनिबार
Image

काठमाडौं- पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ।

गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६:३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। 

चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ। यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। 

पहिरो पन्छाइर सडक सञ्‍चालनमा आएसँगै यात्रुले राहत महसुस गरेका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर