१६ चैत २०८०, शुक्रबार

उपाधिको लागि आज राजस्थान र गुजरात भिड्दै

  • १५ जेठ २०७९, आइतबार
Image

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आइतबार राति राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्दै छन्। 

खेल अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा सवा ८ बजे सुरु हुनेछन्। 

शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थान फाइनलमा पुगेको हो। राजस्थान सन् २००८ पछि पहिलो उपाधि जित्ने योजनामा छ। 

गुजरातले भने पहिलो क्वालिफायर खेलमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। गुजरात पहिलो सिजनमा नै आईपीएलको उपाधि उचाल्न चाहन्छ।

लिग चरणमा भएका दुई भेटमा गुजरात हाबी भएको थियो। त्यसैले पनि राजस्थानको उपाधि यात्रामा गुजरात कठिन बन्न सक्नेछ।

तर, लिग चरणमा भोगेको हारको बदला लिँदै उपाधिको स्वाद लिने योजनामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

१८ फागुन २०८०, शुक्रबार
नेपालको रोमाञ्चक जित