८ कार्तिक २०८३, शनिबार

सेयर बजारमा दोहोरो अंकको गिरावट

  • २७ जेठ २०७९, शुक्रबार
Image

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ। शुक्रबार सेयर बजार परिसूचक (नेप्से) १४.६४ अंकले घटेरे २०४८.१६ विन्दुमा पुगेको छ। 

शुक्रबार कारोबार रकम ९० हजारभन्दा पनि तल झरेको छ। बिहीबार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको  कारोबार भएको सेयर बजारमा शुक्रबार ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ। शुक्रबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ।

बिहीबार पनि कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको थियो। शुक्रबार सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तर्फको सेयर मूल्य घटेको छ। यस समूहको सेयर मूल्य आज २.०२ प्रतिशतले घटेको छ।

बुधबार कारोबारमा आएका ३ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। बफेली जलविद्युत कम्पनी, गिनभेन्चर कम्पनी र उपकार लघुवित्त कम्पनीको सेयर मूल्यमा आज सकारात्क सर्किट लागेको हो। आज २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता सेयर कारोबार भएको छ।

जसमा ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६९ कम्पनीको सेयर मूल्य घटेको छ। यसैगरी, बाँकी १६ कम्पनीको सेयर कारोबार यथावत रहेको छ। आज ५ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा कुमारी बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक परेका छन्।


प्रतिक्रिया

सम्बन्धित खवर