काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नभई विगतकै कार्यक्रमको निरन्तरता दिइएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी कुरा बजेटमा नराखिएको दाबी गरेका हुन्।
केही नयाँ कार्यक्रम थपिए पनि ती कार्यक्रम चुनाव लक्षित नरहेको उनको भनाइ छ। 'धेरै कार्यक्रम पुरानैको निरन्तरता हो। केहीमा थोरै यताउता गरेको मात्रै हो' उनले भने, ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’ सरकारी कर्मचारीको तलब हरेक तीन वर्षमा बढाउने नियम नै रहेको भन्दै अर्थमन्त्री शर्माले त्यो चुनावी कुरा नभएको जिकीर गरे।
अर्थमन्त्री शर्माले यो वर्षको बजेटको आकार र वैदेशिक ऋण पनि घटाएको बताएका छन् । यो वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि पूरा गर्ने गरी कार्यक्रम राखेको पनि उनले बताए ।
उनले यो बजेट माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एस) अध्यक्ष माधव नेपालको सुझाव र प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा आएको पनि स्पष्ट पारे।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation