८ कार्तिक २०८३, शनिबार

तारा एअर विमान दुर्घटना : २० जनाको शव भेटियो

  • १६ जेठ २०७९, सोमबार
Image

काठमाडौं- मुस्ताङमा दुर्घटना भएको तारा एअरको जहाजमा सवारमध्ये २० जना यात्रुको शव भेटिएको छ। नेपाली सेनाका अनुसार दुर्घटनास्थलमा २० वटा शव संकलन गरिएको छ भने २ वटा शव भने फेला परेको छैन।

अहिलेसम्म १० वटा शव कोवाङमा झारिएको सेनाले जानकारी दिएको छ। दुर्घटनामा परि मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने तयारी गरिएको छ। पोस्टमार्टमका लागि शव काठमाडौं ल्याउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसीले जानकारी दिए।

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको नाइनएनएईटी ट्विनअटर जहाज उडान भरेको केही मिनेटपछि सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेको पहाडमा दुर्घटना भएको जहाज भेटिएको थियो।

विमान सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो। विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर