काठमाडौं- अवहेलना मुद्दामा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग लिखित जवाफ मागेको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो।
भारतीय चलचित्र आदीपुरुष विवाद बढ्दै गएपछि मेयर शाहले गत बिहीबार सामाजिक सञ्जालमार्फत अदालत र सरकार भारतको गुलाम भएको बताएका थिए। उनले कानुन र अदालतको आदेश नमान्ने भन्दै टिप्पणीसमेत गरेका थिए।
बालेनको त्यही अभिव्यक्तिलाई लिएर अदालतको अपहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्ने आदेश दिएको हो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation