काठमाडौं- निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएका छन् । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेल जानकारी दिए।
उनका अनुसार दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका बेला ७९ वटा दलको दल दर्ता भएको छ। ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरू दर्ता भएका छन्,’ पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

© Lok Kalam . Designed and Developed by Goldenmud Creation