लोक कलम सम्वाददाता
काठमाडौँ, १२ जेठ ।
पाँच वर्षअघि विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका ब्लूमिङ लोटस इंग्लिस स्कुल इटहरीका तत्कालीन प्रिन्सिपल राजकुमार खड्का अहिले आएर प्रहरीको फन्दामा परेका छन् ।
प्रिन्सिपल खड्काले कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई धम्काउनुका साथै बिधालयबाट निकाली दिने भन्दै दुई वर्ष सम्म लगातार आफनो यौन आन्नदको साधनको रुपमा प्रयोग गरेको पनि खुलेको छ ।
प्रिन्सिपल खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी पठाएको जानकारी सीआईबीका एसपी कमल थापाले दिएका छन् ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation