९ कार्तिक २०८३, आइतबार

ओलीका विश्वासपात्रलाई हराउँदै बाजुरामा बद्री पाण्डे निर्वाचित

  • १८ मंसिर २०७९, आइतबार
Image

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र कर्णबहादुर थापालाई हराउँदै पाण्डे निर्वाचित भएका हुन्। थापाकै आग्रहमा ओलीले अछाममा भीम रावललाई टिकट नदिएको बताइएको थियो। पाण्डेले थापालाई ५ हजार ३ ६० मतान्तरले पराजित गरेहका हुन्।

बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २४८ मत प्राप्त गरेका छन्। ०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ। ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन्। 

बाजुरामा ०४८, ०५६, ०६४ मा कांग्रेसले जितेको थियो भने ५१ र ०७० र ०७४ एमालेले जितेको थियो। पाण्डेले २०४३ मा नेविसंघबाट राजनीति थालेका थिए। २०४७ मा वाल्मिकी क्याम्पसमा इकाई सदस्य र २०४९ मा इकाई सचिवमा निर्वाचित भएका थिए।

२०५० मा नेविसंघको बाजुरा जिल्ला अध्यक्ष चुनिएका उनी २०५२ मा वाल्मिकीमै इकाइको अध्यक्ष भए। २०५३ मा वाल्मिकीको स्ववियु र २०५४ मा स्ववियु परिषद्को सभापति बनेका थिए।

पाण्डे २०५६ मा नेविसंघको केन्द्रीय सदस्य भए। २०५९ मा नेविसंघको उपाध्यक्ष भएका पाण्डे २०६४ को १० औँ महाधिवेशनमा  प्रदीप पौडेलसँग पराजित भए।

२०६७ सालमा कांग्रेसको सेती अञ्चलबाट केन्द्रीय सदस्य जिते। २०७२ मा भएको १३ औँ महाधिवेशनमा खुल्लाबाटै केन्द्रीय सदस्यमा निर्वाचित भए।

२०७० सालको संविधानसभाको चुनावमा उनी समानुपातिक तर्फबाट सांसद भए भने २०७४ उनी राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए। उनी गत मंसिरमा सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भए।

प्रतिक्रिया

सम्बन्धित खवर