काठमाडौं- प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वस्ति शान्ति वाचन गरेका गरेका छन् । उनलाई एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै शुभकामना दिइएको हो।
मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले स्वस्ति शान्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए। मन्त्रोच्चारणपछि तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए।
उनले ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना पनि दिएका थिए। कार्यक्रममा महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation