२०८१असार २६ बुधवार
काठमाडौं - मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मकवानपुर गढी गाउँपालिका वडा नम्बर ८ ईपाखहरेका दिक्पाल स्याङ्तान रहेको प्रहरीले जानकारी दिएको छ।
मकवानपुर प्रहरीका अनुसार बिजुलीको पोलमा प्रवाह भएको करेन्ट लागेर स्याङ्तानको मृत्यु भएको हो।स्याङ्तानलाई स्थानीय राम बहादुर घिसिङको बारीमा रहेको बिजुलीको पोलमा प्रवाह भएको करेन्ट लागेको स्थानीयले बताए ।
स्याङ्तानलाई हिजो मंगलबार अपरान्ह साढे चारबजेतिर करेन्ट लागेको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीको भनाइ छ ।
घटनाको बारेमा जानकारी पाएपछि इलाका प्रहरी कार्यलय भिमफेदीबाट गएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी थप अनुसान्धन प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। मृतक स्याङ्तानको शव पोष्टमार्टमका लागी हेटौँडा अस्पतालमा राखिएको छ ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation