८ कार्तिक २०८३, शनिबार

यो देशको राजनीतिमा निर्णायक शक्ति माओवादी नै हो : प्रचण्ड

  • २७ फागुन २०७८, शुक्रबार
Image

सुर्खेत - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माओवादी पार्टी यो देशको राजनीतिलाई कतातिर लैजाने भन्ने निर्णायक पार्टी भएको बताएका छन्। 

सुर्खेत विमानस्थलमा आज बिहान पत्रकारसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुने भन्दै गठबन्धनलाई निर्वाचन सम्म मात्र नभई त्यस पछिसम्म लैजाने हाम्रो प्रयास भइरहेको बताए। 

अध्यक्ष प्रचण्डले भने,'एमसिसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ट्यारोमा पर्थ्यो, जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ। हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो। यो प्रष्टसँग राख्न चाहान्छु।'

उनले आफ्नो दलभित्र कुनै पनि समस्य नभएको भन्दै केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा गएको कुनै पनि मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि त्यो हल भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर