८ कार्तिक २०८३, शनिबार

बुटवलमा कांग्रेसका पाण्डेले बनाए ५ हजारभन्दा बढी मतको अग्रता

  • ७ जेठ २०७९, शनिबार
Image

काठमाडौं- रूपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले ५,१०० बढीको मतान्तर बनाएका छन्।  

पाण्‍डेले १७ हजार ३६ मत ल्याएका छन्।  एमालेका बाबुराम भट्टराईले ११ हजार ९१३ मत ल्याएका छन्।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र कुमार शेरचनले २ हजार ७५० मत ल्याएका छन्। 

यता उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालको अग्रता कायमै छ।  अर्यालले १३ हजार १६४ मत ल्याएकी छन्।  नेकपा (एकिकृत समाजवादी)का चीनबहादुर गुरुङले ९ हजार ५०४ मत ल्याएका छन्।  राष्ट्रिय प्रजातन्त्र पार्टीकी भगवती पाण्डेले ३ हजार ९५१ मत ल्याएकी छन्। 

बुटवलमा अब ९-१३ वडा गन्न बाँकी छ भने अहिले वडा नम्बर ८ को मत गणना जारी छ।  बिहीबार बिहान आएको नतिजाअनुसार वडा नम्बर १४ मा एमालेका दधिराम न्यौपाने विजयी भएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर