८ कार्तिक २०८३, शनिबार

मकवानपुरको बकैयाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

  • ४ जेठ २०७९, बुधबार
Image

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

नेकपा एमालेलाई पराजित गर्दै अध्यक्षमा कांग्रेसका धर्म लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका हुन् ।

२१ हजार ७७१ मत खसेको बकैयामा कांग्रेसका लामिछानेले ११ हजार २९२ मत पाए । निकटतम् प्रतिस्पर्धी एमालेकी सरला बोलखेले ७०६६ मत पाइन् ।

उपाध्यक्षमा निर्वाचित माओवादीका भक्तबहादुर खत्रीले ९५२२ मत पाएका छन् भने निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर स्याङ्तानले ७६५२ मत ल्याए ।

अघिल्लोपटक पनि यो गाउँपालिकामा कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर