९ कार्तिक २०८३, आइतबार

रोकिएका ८५ मध्ये ४ वटा केन्द्रमा आज मतदान हुँदै

  • ३ जेठ २०७९, मङ्गलबार
Image

काठमाडौँ । वैशाख ३० गते विवादका कारण रोकिएका चार वटा मतदान केन्द्रमा आज मतदान भइरहेको छ। 

निर्वाचन आयोगका अनुसार काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका वडा नं १३ को श्रीराम मावि मतदान केन्द्र, कन्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं १० को विजय मावि  मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिकाको वडा नं ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं ५ को नवज्योती मावि मतदान केन्द्रमा मतदान भइरहेको छ। 

बुधबार तनहुँको व्यास नगरपालिकाको वडा नं ८ को गाविस भवन फेदी मतदान केन्द्र र रौतहटका गढीमाई नगरपालिकाका दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ।

आइतबार सप्तरीको डाक्नेश्वरी, जुम्लाको गुठीचौर, कालिकोटको रास्कोट र पचालझरना र बझाङको जयपृथ्वी मतदान केन्द्रमा मतदान भएको थियो। 

सोमबार धनकुटाको शहिदभूमि, सप्तरीको रुपनी, रामेछापको खाँडादेवी, सुर्खेतको सिम्ता, बझाङको केदारस्यूँ, बझाङकै सुर्माका दुईवटा मतदान केन्द्रमा मतदान भएको थियो। 

वैशाख ३० गते ६ प्रदेशका १७ जिल्लाका केही मतदान केन्द्रमा मतदान स्थगित भएको थियो। ४४ स्थलका ८५ मतदान केन्द्रमा पुनः मतदान भइरहेको हो।

मतदान हुन बाँकी केन्द्रमा पनि छिट्टै मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ। ती पालिकाको मतगणना पनि रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर