८ कार्तिक २०८३, शनिबार

१२६ कोरोना संक्रमित थपिए, १ जनाको मृत्‍यु

  • २० फागुन २०७८, शुक्रबार
Image

काठमाडाैं- देशभर पछिल्लो २४ घण्टाको अवधिमा थप १२६ जनामा कोरोना भाइरसकाे संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा सङ्क्रमणबाट थप १ जनाको मृत्‍यु भएको छ भने ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  हाल नेपालमा ७ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर