६ वैशाख २०८१, बिहिबार

गृहको टेलिफोनपछि पछि हट्यो वायुसेवा सञ्चालक संघ, हवाई उडान बन्द नहुने

  • ८ असार २०७९, बुधबार
Image

काठमाडौं- बुधबारदेखि अनिश्चितकालीन बन्द हुने भनिएको आन्तरिक उडानहरु नियमित उडान भर्ने भएका छन्। वायुसेवा सञ्चालक संघले यसअघि बुधबार सबै उडानहरु बन्द गर्ने चेतावनी दिएको थियो। 

संघको चेतावनपछि गृह मन्त्रालयले अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने भएकोले संघका अध्यक्ष रामेश्वर थापालाई पक्राउ गर्ने चेतावनीसहितको टेलिफोन गरेका थिए। गृहको टेलिफोनपछि पक्राउ गर्ने भन्दा पनि वार्ताबाट समस्या समाधानका लागि आफूहरु तयार रहेको संघले बताएको थियो। संघको सकारात्मक प्रतिक्रियापछि नै सरकारले प्राधिकरणमार्फत सहजीकरण गर्न आग्रह गरेको हो। 

त्यसपछि नागरिक उड्डयन प्राधिकरणले पनि हवाई उडान स्थगित नगर्न आग्रह गरेको थियो। 

प्राधिकरणसँगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो। वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएका कारण बुधबार उडान बन्द नहुने संघका प्रवक्ता योगराज कँडेलले बताए।

वार्तामा सहज वातावरण बनेको छ। उडान बन्दको कार्यक्रम फिर्ता भएको छ। अब बुधबार उडान बन्द हुँदैन,’ उनले भने, ‘हामी वार्तामा नै छौं। पूर्ण सहमति भएको छैन। भोलि १२ बजे पुनः बस्ने सहमतिका साथ आजको छलफल सकियो।

प्रतिक्रिया

सम्बन्धित खवर