८ कार्तिक २०८३, शनिबार

हेटौंडा उपमहानगरको मेयरमा समाजवादी र उपमेयरमा कांग्रेसको अग्रता, पछ्याउँदै एमाले

  • १ जेठ २०७९, आइतबार
Image

काठमाडौं- हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मदवारले अग्रता बनाएका छन्। 

नेकपा एसका मेयर उम्मेदवार मीनाकुमारी लामाले १५८९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १५५० मत प्राप्त गरेका छन्। 

त्यसैगरी राप्रपाका मेयर उम्मेदवार दीपकबहादुर सिंहले १४१४ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसका राजेश बानियाले २२२६ मत प्राप्त गर्दा एमालेका सुमित्रा काफ्लेले १८०६ मत प्राप्त गरेकी छन्। 

हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुबीच तालमेल भएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर