९ कार्तिक २०८३, आइतबार

मन्त्री झाँक्रीले भेटिन् कामु प्रधानन्यायाधीश कार्की

  • १२ असार २०७९, आइतबार
Image

काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ । कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी हुन्।

मन्त्री झाँक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए। दुई जनाबीच २० मिनेटजति कुरा भएको पौडेलले बताए। कार्कीलाई भेट्न झाँक्री मन्त्रालयका कर्मचारीसहित पुगेकी थिइन्। 

प्रतिक्रिया

सम्बन्धित खवर