काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ पछि गठबन्धन नरहने कुरा ज्योतिषीले बताएको टिप्पणी गर्नुभएको छ ।
वैशाख ३० गते गठबन्धनका लागि ठूलो खड्को रहेको बताउँदै उहाँले भन्नुभयो, ‘यो मेरो कुरा भन्दा पनि ज्योतिषीको कुरा हो, तपाइहरूले सोध्न सक्नुहुन्छ, गठबन्धनको बन्धन टुट्न अब समय लाग्दैन ।’
उहाँले थप्नुभयो, ‘ज्योतिषी एउटा ग्रहदशा हेर्ने, एउटा राजनीति हेर्ने हुन्छन् । दुवै ज्योतिषीले गठबन्धनका अगाडि महासंकट आउँछ भनेका छन् । ज्योतिषीहरूले त गठबन्धनका लागि ठूलो खड्को वैशाख ३० मै छ भनेका छन् । ढाडै भाँचिने हुन्छ भन्ने ज्योतिषीको कुरा छ,’ आइतवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भन्नुभयो ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation