काठमाडौं- मकवानपुरको बकैयामा तराईलाई काठमाडौं जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृतक तीनै जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ। द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये १ जनाको घटनास्थलमै र अन्य दुईको उपचारको क्रममा मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
काठमाडौं जोड्ने द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना भएको थियो । लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ। दुर्घटनामा परि घाइते भएकाको उद्धार गरी हेटौंडा ल्याएको र उपचार भइरहेको बताइएको छ । मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation