१६ चैत २०८०, शुक्रबार

कञ्चनपुरमा सर्वाधिक धनराशीको कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

  • ९ फागुन २०७८, सोमबार
Image

काठमाडौं । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिसकाे सहकार्यमा कञ्चनपुरमा सर्वाधिक धनराशीको कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही फागुन १४ गते देखी चैत ५ गतेसम्म चल्ने छ।

संयोजक भोजराज जोशी अनुसार सुदूरपश्चिमका कर्पोरेट कार्यालयहरूलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः खेलकुदको माहौल बनाउन प्रतियोगिता संचालन गरिन लागेको उनले बताए। महेन्द्रनगरको खुलामञ्चमा तथा महेन्द्रनगरको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा मुख्य गरी कैलाली र कञ्चनपुरबाट २० टिमको सहभागिता रहने लक्ष्य लिएको स्टार प्रोडक्शनका अध्यक्ष अध्यक्ष पाण्डेयले बताए ।

प्रतियोगिताको विजयी टिमलाई नगद रुपैयाँ १ लाख ५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने र द्वितीय टिमलाई नगद रुपैयाँ ५५  हजार सहित नगद ट्रफि र प्रमाणपत्र प्रदान गरिने उनले बताए । यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद ५  हजार पाच सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, वेस्ट ब्याट्सम्यानलाई नगद  ३ हजार पाच सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा प्रतियोगिताका वेस्ट बलरलाई नगद  ३ हजार पाच सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगताका प्रत्येक खेलका म्यान अफ द म्याच विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित खवर