८ कार्तिक २०८३, शनिबार

काठमाडौं महानगरको सबै सेवा चुस्त–दुरुस्त बनाउँछु : सिर्जना सिंह

  • १५ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उमेदवारी दिएकी नेपाली कांग्रेस नेत्री सिर्जना सिंहले महानगरको सेवा चुस्त–दुरुस्त बनाउने बताउनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट साझा उमेदवार बन्नुभएकी सिंहले बिहीबार ‘संकल्पपत्र’ सार्वजनिक गर्ने कार्यक्रममा महानगरलाई भ्रष्टाचारमुक्त बनाउने बताउँदै सबै सेवा चुस्त राख्नमा आफ्नो भूमिका रहने बताउनुभयो ।

उहाँले काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो उच्च प्राथमिकता रहने पनि उल्लेख गर्नुभयो । महिलाका लागि आफूले विशेष योजना ल्याउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर