८ कार्तिक २०८३, शनिबार

आजको मौसम : वर्षा र गर्मीबाट बच्‍न विभागको चेतावनी

  • १३ वैशाख २०७९, मङ्गलबार
Image

काठमाडौं- आज देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनु्सार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षा हुने सम्भावना छ। 

यस्तै राति गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा  मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ। साथै महाशाखाले देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर