९ कार्तिक २०८३, आइतबार

पूर्वी युक्रेनमा सेना पठाउन रुसी राष्ट्रपतिको आदेश, राष्ट्रसंघले बोलायो आपतकालीन बैठक

  • १० फागुन २०७८, मङ्गलबार
Image

मस्को- रुसका राष्ट्रपति भलादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना परिचालन गर्ने आदेश दिएका छन्। राष्ट्रपति पुटिनले सोमबार राति एक टेलिभिजमा सम्बोधन गर्दै एक घोषणामा हस्ताक्षर गर्दै पूर्वी युक्रेनमा सेना परिचालन गर्न आदेश दिएका हुन्। 

उनले लुहान्सक र दोनेत्सकमा शान्ति कायम गर्नका लागि सेना पठाउन लागेको बताएका छन्। रुसी राष्ट्रपतिले युक्रेनका दुई पृथकतावादी क्षेत्र दोनेत्सक र लुहान्सकमा शान्ति कायम गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन्। 

रुसको उक्त घोषणापछि संयुक्त राष्ट्रसंघले सुरक्षा परिषद्‌को आपतकालीन बैठक बोलाएको छ. यो बैठक मंगलबार बिहान न्युयोर्कमा साढे सात बजे हुनेछ। युक्रेनले एक पत्र पठाउँदै उक्त बैठकमा युक्रेनको प्रतिनिधिलाई पनि सहभागी गराउन माग गरेको छ। 

यद्पि युक्रेन सुरक्षा परिषद्को सदस्य राष्ट्र भने होइन। रुस भने पाँच स्थायी सदस्य राष्ट्रहरुमध्येको एक भिटो पावर मुलुक हो।


प्रतिक्रिया

सम्बन्धित खवर