काठमाडौं- मस्तिष्क मृत्युपछि गरिएको अंगदानले तीन जनामा अंग प्रत्यारोपण गरिएको छ। भक्तपुरस्थित मध्यपुर अस्पतालमा मतिष्क मृत्यु भएकी एक किशोरीबाट एक जनामा कलेजो र दुई जनामा मिर्गौला प्रत्यारोपण गरिएको हो।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मंगलबार ६८ एक वर्षीय पुरुषमा कलेजो, ४७ र ३५ वर्षीय दुई पुरुषमा सफल मिर्गौला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए।
कलेजो प्रत्यारोपण गरिएका ६८ वर्षीय पुरुष ललितपुरका हुन् भने मिर्गौला प्रत्यारोपण गरिएका ४७ वर्षीय पुरुष रुपन्देही र ३५ वर्षीय पुरुष सिरहाका हुन्।
मष्तिक मृत्यु भएका व्यक्तिबाट सफल कलेजो प्रत्यारोपण गरिएको नेपालमै यो पहिलो हो। यसअघि दुईवटा प्रयास भए पनि सफल भएका थिएनन्।
चिकित्सकका अनुसार मस्तिष्क मृत्यु भएको एक जना व्यक्तिबाट २ वटा मिर्गाैला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र गरी ८ जना व्यक्तिमा प्रत्यारोपण गर्न सकिने छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation