९ कार्तिक २०८३, आइतबार

कार्यकर्ताको भावना विपरित गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न हुँदैन : गगन थापा

  • ६ वैशाख २०७९, मङ्गलबार
Image

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका नेता कार्यकर्ताको भावना विपरित गठबन्धन गर्नुपर्छ भनेर माथिबाट निर्णय लाद्न नहुने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूको प्रशिक्षण कार्यक्रममा थापाले तल्लो तहका कार्यकर्ताहरूले गठबन्धन नगरी चुनाव लड्नुपर्छ भनिरहेको बेला माथिबाट निर्णय लाद्न नहुने बताएका हुन्। उनले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेकोभन्दा फरक परिणाम हुने बताए। आफूले सुरुदेखि नै नेतृत्व तहमा यही कुरा राखिरहेको उनले स्पस्ट पारे।

‘निर्वाचन पछाडि आफ्नो बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुन्छ, तर निर्वाचनभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा हाम्रो लागि स्वाभाविक कुरा होइन,’ थापाले भने।

उनले कांग्रेसको चुनाव चिह्नबाट चुनाव लडेर जितेका जनप्रतिनिधिहरूले स्थानीय तहमा एक रुपैयाँ पनि अपचलन गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्ने उनले बताए। 

प्रतिक्रिया

सम्बन्धित खवर