९ कार्तिक २०८३, आइतबार

निर्वाचनबारे छलफल गर्न कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै

  • २ वैशाख २०७९, शुक्रबार
Image

काठमाडौं- स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल गर्न नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।

बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने एजेण्डा छन्।

उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको बैठकले प्रदेश स्तरीय गठबन्धनको संयन्त्रलाई सहजीकरण गर्न सातै प्रदेशमा सहमहामन्त्रीलाई पठाउने तयारी गरेको छ।

समितिमा कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित आठ सहमहामन्त्री र ३९ केन्द्रीय सदस्य रहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर