८ कार्तिक २०८३, शनिबार

एभर्टनसँग बराबरीमा रोकियो सिटी

  • १७ पुष २०७९, आइतबार
Image

काठमाडौं- म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाढ्न बाध्य भएको हो। 

यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो। १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ। एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो।  

घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो। रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए।

पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो। इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए। 

यसैगरी शनिबार नै भएको खेलमा मार्कुस रसफोर्डको निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले  उल्भ्सलाई १–० ले पराजित गरेको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर