८ कार्तिक २०८३, शनिबार

गठबन्धन शीर्ष बैठक : संयुक्त अपिल जारी गर्ने सहमति

  • २८ चैत २०७८, सोमबार
Image

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताको बालुवाटारमा जारी बैठकमा चुनावी तालमेलबारे संयुक्त अपिल जारी गर्ने सहमति भएको छ। बैठकमा तालमेलको मोडलबारे छलफल भइरहेको बुझिएको छ।

आसन्न स्थानीय चुनावमा देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबण्डामा गठबन्धनबीच खटपट देखिएपछि संयुक्त अपिल जारी गर्न लागिएको बुझिएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसमा केही नेता तथा अधिकांश मतदाताले तामेलको विरोध गरिरहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर