काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटका क्रममा प्रतिनिधि सभाको सभामुख चयनका विषयमा छलफल भएको बताइएको छ।
सभापति देउवासँग भेटवार्ता गर्न बुधबार बिहान अध्यक्ष नेपाल र यादव देउवा निवास धुम्वाराही पुगेका हुन्। तीन नेताबीच सभामुखको निर्वाचनबारे छलफल भएको बुझिएको छ।
कांग्रेसले सभामुखमा उम्मेदवार उठाउने कि नउठाउने भनेर पदाधिकारी बैठकमार्फत निर्णय गर्दैछ। सरकारलाई समर्थन गरे पनि रोजेको मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी भएको छैन। यता सभामुखमा एमालेसहित अन्य सत्ता साझेदार दलले एमालेका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने तयारी गरेका छन्।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation