काठमाडौं- बढुवा सिफारिसमा असन्तुष्ट नेपाल प्रहरीका तीन जना प्रहरी नायव निरीक्षक (डीआईजी) ले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
असन्तुष्ट डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बिहीबार रिट दर्ता गरेका हुन्। अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवाप्रति उनीहरू असन्तुष्ट छन्।
निवेदकले बढुवासम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश मागेका छन्। बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख माधव रेग्मी अध्यक्ष रहने उजुरी सुन्ने समितिले बुधबार साँझ सदर गरेको थियो ।
उजुरी सुन्ने समितिले सदर गरेसँगै मन्त्रिपरिषद्को बिहीबारको बैठकले सिफारिस गरिएका वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रप्रताप धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation