काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार केही दिन देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागमा सामान्य वर्षाको सम्भावना छ।
अहिले पनि केही स्थानमा मेघगर्जन तथा सामान्य वर्षा भइरहेको छ। आज राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र सबैभन्दा बढी र नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation