वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध पश्चिमा सैन्य गठबन्धन एकढिक्का रहेको बताएका छन्। नेटो इतिहासमै सबैभन्दा बलियो रुपमा एकतावद्ध रहेको बाइडेनको भनाइ छ।
ब्रसेल्समा भएको नेटो बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई गरिरहेको हालको रक्षात्मक तथा मानवीय सहयोगका लागि मात्रै नभएर युद्धले गरेको विनाशबाट उठ्नका लागि पनि एकीकृत सहयोग कायम राख्ने बताए।
सम्बोधनको क्रममा उनले युक्रेनका लागि दुई अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोगको घोषणा गरे। यस्तै युद्धबाट प्रभावित भएका युक्रेनीहरुका लागि एक अर्ब अमेरिकी डलर बराबरको मानवीय सहयोग गर्ने पनि बाइडेनले घोषणा गरेका छन्।
युक्रेन र रुसबीच भइरहेको वार्ताका सम्बन्धमा टिप्पणी गर्दै कस्तो निर्णय लिने भन्ने अधिकार किएभसँग रहेको बताए। रुसले युक्रेनी भूमिमा आफू समर्थित पृथकतावादीले गरेको कब्जालाई आधिकारिकता प्रदान गर्न र ‘छुट्टीन चाहेका क्षेत्र’ को स्वतन्त्रता स्वीकार गर्न माग गरेको छ। तर युक्रेनले आफ्नो भूमि कुनै पनि हालतमा नदिने बताउँदै आएको छ।
रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गरेमा अमेरिकाले त्यसको गम्भीर जवाफ दिने चेतावनी पनि बाइडेनले दिएका छन्। बाइडेनले रुसलाई जी–२० समूहबाट हटाउनु पर्ने पनि बताए। उनले युक्रेन जी–२० बैठकमा सामेल हुन पाउनु पर्ने माग गरे।
बाइडेनले युक्रेन युद्धका सम्बन्धमा आफ्नो देशले लिएको वैदेशिक नीतिको पनि बचाउ गरेका छन्। युक्रेनमाथि रुसी आक्रमणलाई लिएर चीनका सम्बन्धमा पनि बाइडेनले टिप्पणी गरेका छन्। कुनै पनि हिसाबले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा चीनले गम्भीर परिणामको सामना गर्नु पर्ने आफूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्पष्ट पारेको बाइडेनले बताएका छन्।
रुसी आक्रमणविरुद्धको लडाईँमा युक्रेन एक्लै छैन
रुसको आक्रमणविरुद्धको लडाईँमा युक्रेन ‘एक्लै नरहेको’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । ‘युक्रनेमाथि आफ्नो रोष प्रकट गर्दासम्म पुटिनको साथमा उभिन’ नसक्ने र युक्रेनका लागि रक्षात्मक हतियारको सहयोग बढाउने जोन्सनले बताए ।
ब्रसेल्समा भएको पश्चिमा सैन्य गठबन्धन नेटो सम्मेलनलाई सम्बोधन गर्दै जोन्सनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गरेमा त्यसको परिणाम ‘उनका लागि भयानक हुने’ चेतावनी दिएका छन् ।
यसअघि बेलायतले बेलायतका थप ६५ समूह तथा व्यक्तिहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो । जोन्सनका अनुसार रुस शान्ति चाहँदैन र उसले युद्धलाई थप सघन बनाउने सोच गरिरहेको छ ।
युक्रेन युद्धका सम्बन्धमा नेटो, युरोपियन युनियन र जिसेभेन राष्ट्रका नेताहरुले आकश्मिक बैठक गर्दैछन् । नेटो सम्मेलनपछिको पत्रकार सम्मेलनमा जोन्सनले बेलायतले युक्रेनलाई सैन्य तथा आर्थिक सहयोग जारी राख्ने बताएका छन् ।
यस्तै बेलायतले बुल्गेरियामा थप सैनिक पठाउने पनि बताएका छन् । यस्तै पोल्याण्ड र इस्टोनियामा पनि सैनिकको संख्या दोब्बर बनाउने भएको छ ।
बाइडेनले भने - रुसी आक्रमणविरुद्ध नेटो एकढिक्का छ, जोन्सन भन्छन- युक्रेन एक्लै छैन

© Lok Kalam . Designed and Developed by Goldenmud Creation