१६ चैत २०८०, शुक्रबार

डडेल्धुरामा आरजुमार्फत् देउवाको मनोनयन दर्ता

  • २३ असोज २०७९, आइतबार
Image

धनगढी- प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । यसपटक देउवापत्नी आरजु देउवाले उनको मनोनयन दर्ता गराएकी हुन् ।

यससँगै देउवा सातौंपटक डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । आइतबार दिउँसो २ बजेर २३ मिनेटमा डा आरजुले मुख्य निर्वाचन कार्यालयमा पुगेर देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् ।

प्रधानमन्त्री देउवाका तर्फबाट मन्जुरीनामा लिएर उम्मेदवारी दर्ता गराउन शनिबार साँझ नै प्रधानमन्त्रीपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा डडेलधुरा आइपुगेकी थिइन् ।

यसभन्दा अघिल्ला निर्वाचनमा देउवाका तर्फबाट स्थानीय नेताहरूले उम्मेदवारी दर्ता गर्ने गरेका थिए । देउवाले २०४८ र २०५६ बाहेकका हरेक निर्वाचनमा प्रतिनिधि मार्फत् उम्मेदवारी दर्ता गराउँदै आएका छन् ।

प्रधानमन्त्री देउवापछि उनीविरुद्ध दुई महिनादेखि चुनावी अभियानमा रहेका गुल्मीका सागर ढकालले पनि मनोनयन दर्ता गराएका छन् । यसैगरी एमालेका असन्तुष्ट नेता विक्रमबहादुर शाहीले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।

एमाले र बीपी कांग्रेसका संयुक्त उम्मेदवार कर्ण मल्लले भने अझै उम्मेदवारी दर्ता गराएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर